Thursday, July 30

नारायणगढ–मुग्लिन सडकको पहिरो १२ बजेसम्ममा सडक खुलाउनले प्रयास

नेपालअखबार, चितवन। नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिकै झरेको पहिरो रातभरको प्रयासमा करिब ४० प्रतिशत पन्छाइएको छ। यहाँ सोमबार राति ८ बजे ठूलो पहिरो झरेको थियो।

Advertisement

रातिबाटै एउटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाउन थालेका थिए। सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले विहानदेखि ३ वटा लोडर र २ वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको बताए।

Advertisement
Advertisement

यो ठाउँमा २०७९ असारमा पनि यस्तै ठूलो पहिरो झरेको थियो। त्यतिखेर दिउँसो साढे १२ बजेतिर झरेको पहिरो साँझ पौने ६ बजेसम्म हटाइएको थियो।

Advertisement

‘अहिलेले झरेको पहिरोको परिमाण पनि उस्तै हो। रातिको समयमा झरेकाले पन्छाउन गाह्रो भयो,’ ईन्जिनियर कार्कीले भने, ‘उज्यालो भएपछि तीव्र गतिमा काम भइरहेको छ।’

उनले सबै कुरा अनुकूल भए दिउँसो १२ बजेसम्ममा पहिरो पन्छाइसकिने बताए।