Saturday, May 16

महाकाली नदीले नाघ्यो सतर्कता तह

नेपालअखबार, क‍ाठमाडौं । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।

महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ।

Advertisement

अहिले पानीको बहाव स्थिर भएपनि आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् छ । पूर्वानुमान् महाशाखाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।