Thursday, July 30

समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखा परेको बताउनुभएको छ।

Advertisement

आइतबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले  दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवी नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताउनुभयो।

Advertisement
Advertisement

देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको  भन्दै उहाँले देशमा सुशासनको प्रत्याभूति गर्ने कुराहरूमा पनि अनेक व्यवधान खडा भइरहेको बताउनुभयो। अहिले समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखा परेको छ।

Advertisement

यही दलाल नोकरशाही पुँजीवाद भन्नुहोस्, वित्तीय पुँजीवाद भन्नुहोस्, यसले सर्वहारा श्रमजीवी जनता आम नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेका छन्। देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा गरेका छन्। देशमा सुशासनको प्रत्याभूति गर्ने कुरामा अनेक अवरोध खडा गरेका छन्। ती सबै प्रतिकुल काम गर्ने, अवरोध गर्ने, ती प्रवृत्तिका विरुद्धमा हामीले जुध्नुपर्ने आवश्यकता छ।’’ उहाँले भन्नुभयो ।