Thursday, July 30

गाडी छाडेका चिकित्सक बेपत्ता भएपछि

नेपालअखबार, विराटनगर। कोशीको पुलमा गाडी छाडिराखेर चिकित्सक बेपत्ता भएपछि प्रहरीले खोजी सुरू गरेको छ।

Advertisement

सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा गाडी छाडेर डा. प्रज्जवल कोइराला सम्पर्कविहीन भएपछि प्रहरीले खोजी थालेको हो।

Advertisement
Advertisement

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन कोइराला झापा दमक नगरपालिका १ का बासिन्दा हुन्। ३८ वर्षीय कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर चिकित्सक बेपत्ता भएका हुन्।

बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीको भनाइ छ।

स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए। डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसिटिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ।

हराएका डाक्टर कोइरालाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोरको टोली र इप्रका रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी गरिरहेको डिएसपी चौधरीले बताए।