प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

सौरपानी स्थित छाहरेखाेलामा जीप खस्याे, १३ घाइते (हेर्नुस ८ तस्विरमा)

गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा जीप दुर्घटना भएको छ ।

सिम्बु छाहरेखोलामा मंगलबार बिहान करिब ८ बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए ।

रञ्चोकबाट सौरपानी हुँदै गोरखा तर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएको उनले बताए ।

घाइतेमध्ये ४/५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । हाल घाइते मध्ये गम्भिर भएकाहरुलाई हेलिकोप्टरबाट उपचारका लागि सौरपानीबाट सिधै काठमाण्डौ लैजाने तयारी भएको एसपी अधिकारीले बताए ।


दुर्घटनामा बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, पुतबहादु गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमान गुरुङ घाईते भएका छन् । बिमला, रकम र श्रीमान गुरुङको अवस्था गम्भिर छ । जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको बताइएको छ ।

तस्विर साैजन्य : हुसेन मुवारक मियाँ / साैरपानी, घटनास्थल

the authoradmin

Leave a Reply