
नेपालअखबार, काठमाडौ । नेपाल खेलकुद महासंघ समाजवादीले मधेश प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार महासंघले राष्ट्रिय गौरव र गरिमा बढाउने खेल पर्यटन र उद्योग र व्यवसायमा उल्लेख्य योगदान दिने खेलकुद क्षेत्रमा आर्थिक नैतिक र भौतिक सहयोग गर्न आव्हान गरेको छ ।
मधेश प्रदेशमा खेलकुदको विकास संरक्षण संवर्द्धन गर्न र खेलाडीको अभिभावकत्व प्रदान गर्नका लागि रहेको खेलकुद विकास वोर्ड गठन गर्न, खेलकुदर क्षेत्रमा कृयाशिलसंगठनलेवोर्ड गठनमा आवश्यक बजेट विनियोजन र खेल क्षेत्रको विकासका लागि आवश्यक बजेटको माग गर्दै संगठनका अध्यक्ष केशव कुमार विष्ट र महासचिव अर्जुन भक्त राईद्वारा हस्ताक्षरित ज्ञापन पत्र सरकार सामु बुझाएको छ ।
ज्ञापन पत्र वझाउनेहरुमामहासंघका अध्यक्ष महासचिव सहित उपमहासचिव राधिका हमाल र अनिल रिजाल प्रदेश प्रदेशका अध्यक्ष जिवच्छ भगत सहितको उपस्थििति थियो । ज्ञापन पत्र बझ्दै मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले महासंघका मागलाई सम्बोधन गर्ने प्रयास गर्ने बताउनु भयो


