राजनीतिसमाचारहाइलाइट-समाचार

एमाले निकट जिफन्टमा गयो पहिरो, ६० जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काठमाडौँ। नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सदस्य शेखर साईको नेतृत्वमा झण्डै ६० जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित हुनु भएकाे छ।

(जिफन्ट) का केन्द्रीय सदस्य, प्रेदेश सदस्य र जिल्ला तहका नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनु भएको हाे।

नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासंघ, नेपालको पहलमा आइतबार पार्टी अध्यक्ष माधव कुमार नेपालले जिफन्टका नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्नु भएको हाे।

राजधानीको बागबजारस्थित ताज होटेलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अन्याय र अत्याचार सहन नसक्ने, केपी ओलीको पूजा गर्न नसक्ने नेता कार्यकर्ताहरूको पार्टी नै एकीकृत समाजवादी भएको दाबी गर्नु भएको छ।

अध्यक्ष नेपालले सम्बोधनका क्रममा भन्नुभयो, ‘देशलाई जब समस्या र संकटपर्छ, त्यो बेला काम लाग्ने पार्टी नै एकीकृत समाजवादी हो। समस्यामा परेका मान्छेहरूले आफ्नो पार्टी यहि रहेछ भन्दै आउने पार्टी पनि यही हो। सच्चा क्रान्तिकारी योद्धाहरूको पार्टी समाजवादी पार्टी हो।

तस्बिर: लेखनाथ सिकारु 

partiprabesh program 1694267157.jpg

372076131_285892337527664_948704295405633237_n1694267156.jpg

376910134_285892137527684_7431606359065577837_n1694267156.jpg

372040301_285892227527675_2249236788448390876_n1694267155.jpg

372063495_285892357527662_8109303373759099297_n1694267154.jpg

the authoradmin