Monday, July 27

एकीकृत समाजवादीले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कमिटीमा २१ जना सदस्यलाई मनोनीत गरेको छ। गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले २१ जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

Advertisement

पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशन–११ जारी गर्दै मनोनीत भएका २१ सदस्यहरूको बारेमा जानकारी गराएका छन्।

Advertisement
Advertisement

जसमा अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जना रहेका छन्।

Advertisement

अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी, धनबहादुर कार्की,धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्य बनेका हुन्।