समाचारसमाज

खानेपानी संस्थानलाई बन्धकबनाउने छुट कसैलाई छैन : अध्यक्षधमला

Nepal Akhabar

नेपालअखबार, विराटनगर । नेपालखानेपानी संस्थानकर्मचारी संघका केन्द्रीयअध्यक्ष केदार धमलाले खानेपानी संस्थानलाई बन्धकबनाउने छुट कसैलाई नभएको बताएका छन् । संविधानको मौलिकअधिकार खानेपानीलाई खारेज गर्ने छुट समेतकुनै पनिसरकारलाई नभएको उल्लेख गरे । नेपालखानेपानी संस्थानकर्मचारी संघ केन्द्रीय समितिअन्तर्गत युवाउपसमितिद्वारा विराटनगरमाआयोजित ११० औं बीपीजयन्तीतथाकार्यालय परिसरमागरिएको बृक्षरोपण कार्यको उद्घाटन गर्दै अध्यक्षधमलाले कर्मचारीको भविष्य नै संस्थानभएकाले संस्थानजोगाउनसवै एकजुट भएर लाग्नु पर्ने समय आएको उल्लेख गरे ।
युवा समितिका संयोजकमनोज अधिकारीको अध्यक्षता र सचिव सन्दीपअर्यालको सञ्चालनमा रहेको कार्यक्रममाप्रमुखअतिथिधमलाले कार्यरत सवै कर्मचारी र मिलेर संस्थानबचाउने अभियानमाहोमिन अनुरोध गरेका थिए । कार्यक्रममा नेपाल सार्वजनिक सेवाकर्मचारी संघ कोषीप्रदेश अध्यक्षप्रकाश सापकोटाले पानीको महत्वलाई सरकारले उपेक्षागर्न नसक्ने बताए । बालदिवसको समेत शुभकामनादिएका सापकोटाले नागरिकलाई संस्थान र कार्यरतकर्मचारीको सेवालाई गहन ढंगबाट बुझाउने अभियानमालाग्न अनुरोध गरेका थिए ।
कर्मचारी संघका महासचिवपदमहरि राईले स्वागतगर्दै श्रमिकको हकहितको लागि रचनात्मककार्य गर्दै अघि बढ्नु पर्नेमाजोड दिएकाथिए । राईले २०६६ देखि २०८० सम्म संस्थानको समग्र अर्गनाईजेशन एण्ड म्यानेज्मेन्टै नै नगरेको, कर्मचारी शेवा सर्त विनियमावली संस्थानव्यवस्थापनले ल्याउननसक्नु दुःखदपक्षभएको भन्दै संस्थानकमजोर बनाउनवर्तमानव्यवस्थापन नै लागेको आरोप लगाए ।
अम्बा, बेलपत्र, तेजपात, अमला, पितन्जीया र राजवृक्ष लगायतको विरुवा रोपण गरिएको सभामा नेपालखानेपानी संस्थानकार्मचारी संगठनका महिलाउपाध्यक्ष मेनका बरालले कर्मचारीको भविष्यलाई अन्धकार बनाउने वर्तमान सिंगो व्यवस्थापनलाई छोड्न नसकिने बताइन् । बरालले कार्यालय प्रमुख र लेखाप्रमुखचुपलागेर बस्नु गम्भिर विषयभएको बताइन् ।
कार्यक्रममानेपाल ट्रेड युनियनकांग्रेस कोषीप्रदेश अध्यक्ष नारायण बाबु कार्की, मोरङ जिल्लाअध्यक्ष सुशील कोइराला, नेपाल सार्वजनिक सेवाकर्मचारी संघकाजिल्लाअध्यक्ष सुरेन्द्रप्रसाद साह, नेपालखानेपानी संस्थानकार्मचारी संघका पूर्व पूर्वान्चलउपाध्यक्ष मणिकुमार मास्के, संघका केन्द्रीय सदस्यअनुभाअर्याल, हरि अधिकारी, युवा समितिका कोषाध्यक्षकल्पना खतिवडा, नेपालखानेपानी संस्थानकर्मचारी संघ विराटनगर इकाई समितिकाअध्यक्षविरेन्द्रकुमार यादवलगायतले शुभकामनादिएकाथिए । कार्यक्रममाउल्लेख्य सहभागिता रहेको कर्मचारीले विभिन्नगुनासो तथा सुझावदिएकाथिए ।

the authoradmin