राजनीतिसमाचार

जनताकाे हितमा अघि बढ्न नेपाल रिटर्नी एशोसिएसनलाई निर्देशन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं।  नेपाल रिटर्नी एशोसिएसनको राष्ट्रिय भेलामा  प्रमुखअतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले देशव्यापी रुपमा रहेका नेपालीहरुका समस्या र  बेरोजगारीलाई हटाउन संविधानले नै नीतिनिमार्ण गरेकाे भएता पनि कार्यान्वयन हुन नसकेका कारण नेपाली जनताले दुख पाएकाे बताए ।

अध्यक्ष नेपालले आज संविधान दिवशकाे शुभकामना सहित  संविधान निर्माण गर्ने  ति योध्दाहरुलाई सम्मान व्यत्त गरेकाे थिए । दुइ किसीमका परिपल्कपना न्याय समानता र विकासको सोच संविधान मार्फत समाजका सवै खाले भेदभाव अन्याय अत्याचार र गरिविको अन्त्य गर्ने, लक्ष सिध्दान्तलाई व्यवहारमा लागु गर्नु जरुरी निति र सिध्दान्त भएपनि व्यवहारमा धेरै समस्या रहेकाे अध्यक्ष नेपालले बताए ।

वर्तमान अवस्थामा दलाल पूँजीवादले देशको अर्थतन्त्र पुरै कव्जामा लिएको बताए । जव राष्टिय पूजीको विकासको वातावरण तय गर्दैनौ शिक्षा प्रणालीलाई  राम्रोसंग अगाडि वडाउँदैनौ श्रम मेहनत र सिप अनि उत्पादनसंग जोडिन्नौ तव सम्म हामीले लेखेका कुरालाई कार्यान्वयन गर्न सक्दैनौ बैदेशिक रोजगारलाई शोषणमुक्त वनाउने नितिलाई व्यहारमा लागु गर्नु जरुरी छ । जनताकाे हितमा गाँउ वस्ति सम्म पुग्न  नेपाल रिटर्नी एशोसिएसनले राष्ट्रियका मुद्दा उठाउन निर्देशन दिएका थिए । 

विशेषअतिथि उपाध्यक्ष  प्रमेश हमाल,  जयन्ति राई ,  कमल कोइराला, लक्ष्मण लम्साल , श्री प्रसाद शाह, विष्णु लम्साल,क.पासाङ शेर्पा,वैदेशिक रोजगार बोर्डका कार्यकारी र कृषि व्यवसायीकरण का विज्ञ लगायतको   विचार राख्दै शुभकामना व्यत्त गरेका थिए ।

उक्त भेलामा २०७९ सालका सर्लाही क्षेत्र नं १का स्वतन्त्र उमेदवार श्री प्रसाद साह सहितकाे टाेलिले  पार्टी प्रेवाश गरेका थिए ।

कम्युनिस्ट आन्दोलनका योद्धा पूर्व राजदूत क कमल कोइरालाले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । प्रविन पौडेलको अध्यक्षतामा गठन भएको नेपाल रिटर्नी एशोसिएशन (समाजवादी)मा  एक सय एक सदस्य चयन गरेकाे छ ।
नेपाल रिटर्न एशोसिएशनको राष्ट्रिय भेला पश्चात बसेको पहिलो बैठकले केन्द्रिय सदस्य सोसल पण्डितलाई प्रदेश इन्चार्जको जिम्मा दिएको छ भने अरु प्रदेशहरूमा पनि निकट भविष्यमा प्रदेश इन्चार्ज लगायत कमिटी विस्तार गर्दै NRA ले उठाएको मुद्दामा लाग्ने र अर्को बैठक चाडैनै गरी राष्ट्रिय भेला र भेला पश्चातको  जिम्मेवारी दिइने अध्यक्ष  प्रविन पाैड्ले जान्कारी दिएका छन् ।

अध्यक्ष प्रविन नेपाल रिटर्निको राष्ट्र भेला सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण कमरेडहरु ,मित्रहरुमा धन्यवाद दिँदै निर्वाचित पदाधिकारी कमरेडहरु लगायतलाई कार्य सफलताको हार्दिक शुभकामना व्यक्त  गरेका छन् ।

the authoradmin