Sunday, May 10

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने खतिवडाको भनाइ छ । यसका साथै अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।

Advertisement