राजनीतिविचारसमाचार

आखिर किन मुस्लिम समुदायलाई राजनीतिक दलले उपयोग मात्रै गरे:अध्यक्ष मियाँ

नेपालअखबार,काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाँले राजनीतिक अभियानमा मुस्लिम समुदायलाई उपयोग मात्र गरिएको तर अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष मियाँले “फेरि मुस्लिम समुदाय अधिकारका लागि उठ्नु पर्ने अवस्था आएको छ”,  । नेपाली मुस्लिम समुदाय धार्मिक सहिष्णुता ,सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्वाधीन देश नेपालको अभियानमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पुनः उठ्नु पर्ने बताए । हिजो जुनसुकै आन्दोलनमा यो समुदायले आफ्नो ज्यानको आहुती समेत दिन पछि नपरेको उल्लेख गर्दै उहाँले देशप्रति दायित्व पूरा गर्न कुर्बानीसमेत दिएको ज्वलन्त प्रमाण ताजै रहेको स्पष्ट गरेका छन् ।

अध्यक्ष मियाँले मुस्लिम समुदायको सम्मानसहित जिउन र संवैधानिक अधिकारको व्यवहारमा प्रयोग सुनिश्चित गर्न एकचोटि आफ्नो लागि उठ्नु पर्ने अवस्था आएको बताएका छन्  ।

उहाँले नेपाल र नेपालीको भलो नचाहने उग्र तत्व र विदेशीको आँखामा घरीघरी बिजाउने र मुस्लिम समुदायको हत्यासमेत हुने गरेको स्मरण गर्दै भने नेपाली मुस्लिम समुदाय बिनाबर्दीको सेना भएको उल्लेख गर्दै राष्ट्रवादको विषयमा पटक पटक परीक्षा दिनुपरेको प्रति असन्तुष्टि जनाउदै प्रश्न गरेका छन् । आखिर किन मुस्लिम समुदायलाई राजनीतिक अधिकारका लागि उपयोग मात्र गरिदै छ ।

 

the authoradmin