समाचारसमाज

पृथ्वी पत्रकारिता पुरस्कारबाट दवाडी पुरस्कृत हुने

नेपालअखबार, पाेखरा । पृथ्वी होटल व्यवसायी समितिको अधिवेशन भोलि हुने भएको छ । समितिको एघारौं साधारण सभा तथा छैटौं अविधेशन भोलि पृथ्वीचोकस्थित दिव्याश्री व्याङ्क्वेट (बाजेको सेकुवा)को सभाहलमा हुने भएको हो । अधिवेशन पूर्वाह्न ९ बजेदेखि शुरु हुने समितिका अध्यक्ष बालकृष्ण निउरेले जानकारी दिए ।

यसैबीच, समितिले प्रत्येक दुई÷दुई वर्षमा प्रदान गर्दै आएको पृथ्वी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कृष्ण दवाडीलाई प्रदान गर्ने भएको छ । समितिको हालै बसेको बैठकले पुरस्कार दवाडीलाई दिने निर्णय गरेको अध्यक्ष निउरेले जानकारी दिए । पुरस्कार साधारणसभाको अवसरमा भोलि नै प्रदान गरिने उनले बताए ।

पुरस्कृत हुन लागेका दवाडी नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की शाखाका अध्यक्ष हुन् । डेढ दशकदेखि पत्रकारितामा कृयाशिल दवाडी राष्ट्रिय समाचार समितिका कास्की सम्वाददाता हुन् भने हिमाली आवाज डटकम र पत्रिकाका सम्पादक हुन् ।

the authoradmin