नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेका छन् ।
सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गरेका थिए ।