Saturday, May 2

हाङझावमा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति चिनफिङबीच भेट

नेपालअखबार, काठमाडाैं। चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङबीच भेट गरेका छन्।

हाङझावमा राष्ट्रपति चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनफिङबीच संक्षिप्त भेट भएको हो।

Advertisement

उनीहरूबीच द्विपक्षीय भेटवार्ता ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटवार्तापछि प्रधानमन्त्री १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनेछन्।

भोलि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानेछन्।

बेइजिङमा उनले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन्।

त्यसैगरी राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। यसैगरी चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

xi-1695462165.jpg

प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्।

प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।