नेपालअखबार, कालिकोट । कालिकोटमा एकजना महिलाले आत्महत्या गरेकी छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल नाम गरेको संस्थाको सुरक्षित आवास गृहमै महिलाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–१ की गीता जैशी रहेकी छन् । उनले श्रीमानको हिंसा र मानसिक तनाव खेप्न नसकेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
Nepal Akhabar > Blog > समाचार > सुरक्षित आवास गृहमै महिलाले गरिन् आत्महत्या
