नेपालअखबार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारतीय पक्षसँग पटक पटक संवाद गरे पनि आपूर्ति सहज बनाउन नसकेको पार्टी बैठकमा सुनाएका छन् ।
केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महँगी र खाद्यान्नको सहज आपूर्ति हुन नसकेको विषय उठाएका थिए ।