समाचारसमाज

बिनु र तारालाई मिनासिर्जनशील समावेशीपुरस्कार

नेपालअखबार, पोखरा । मिनासिर्जनशील समावेशीपत्रकारिता पुरस्कारबाट पत्रकारद्वयबिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानगरिने भएको छ ।
गण्डकी प्रदेशकापूर्व सांसद, उद्यमीतथा समाजसेवीमिना गुरुङले स्थापना गरी नेपालपत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानितहुनलागेकाहुन् । छनोट समितिले सिफारिस गरेको नाममहासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिवमाधव बरालले जानकारी दिए ।संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ कालागिबिनु र २०८० कालागिताराको नामसिफारिस गरेको हो ।
उक्त पुरस्कारको राशीनगद २० हजार १ सय ११ रुपैयाँरहेको छ । असोज १२ गते एक कार्यक्रमआयोजना गरी पुरस्कार अर्पण गरिनेसचिव बरालले जानकारी दिए ।
सम्मानितहुनलागेकापत्रकार बिनु हालपोखरा टेलिभिजनमाकार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकीबिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमापनिकामगरिसकेकी छिन् ।हालउनीनेपालआदिवासीजनजातिपत्रकार महासंघ कास्कीशाखाकीउपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकीअध्यक्ष छिन् ।
यस्तै पत्रकार तारापौडेलले२०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकीहुन् । उनीहालसिटीपोखरा डटकमको सञ्चालक÷सम्पादकभएर कामगरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी,विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपालन्यूज डटकममा कामगरिसकेकी छिन् । उनले नेपालवातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रमनयाँ पुस्तामापनिकाम गरेकीथिइन् ।
नेपालपत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुदपत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइनपत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्यभएर काम गरेकीतारा प्रेसचौतारी नेपालकास्कीकीउपाध्यक्षहुन् ।
यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्तिगुरुङ, सरितातिम्सिनापगेनी, खेम सारु मगर, स्मिताअधिकारी, रोशनी गुरुङ र रविनाआले सम्मानितभइसकेका छन् ।

the authoradmin