Thursday, August 20

बझाङ भूकम्पले केही घरहरू भत्किए

नेपालअखबार, बझाङ । बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण सात जना घाइते भएका छन‍्।

Advertisement

भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ। जसअनुसार बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका हुन्।

Advertisement
Advertisement

बझाङमा सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई बझाङ जिल्ला अस्पतालमा लगिएको छ।

Advertisement

अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भएका हुन्।

विद्यार्थीको स्थानीय गोडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिए। अछाममा पनि विद्यालयका भवनहरू चर्किएका छन्। क्षति विवरण संकलन भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहका अनुसार जिल्लामा धेरै भौतिक संरचनामा क्षति भएको अनुमान छ। अहिलेसम्म मानवीय क्षति भएको छैन।

सदरमुकामका पक्की घरहरू चर्किएका छन्। गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन्।

जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ। सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन बझाङले अनुरोध गरेको छ। कुन ठाउँमा कति क्षति भयो भन्नेबारे प्रहरीले तथ्यांक संकलन गरिरहेको छ। मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। यस्तै दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।