नेपालअखबार, सिराहा। नेकपा एकीकृत समाजवादीको जागरण अभियानमा सिराहाको भगवानपुर गाउँपालिकामा एमालेका ट्रेड युनियन तथा विभिन्न पार्टीका विभिनन तहका नेता शिवनाथ यादव लगायत एमाले परित्याग गरी १५० भन्दा बढी नेता कार्यकर्ता नेकपा एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।
Advertisement
नेकपा एकीकृत समाजवादीको जागरण अभियानमा अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभाहरू सम्पन्न भएका छन् ।
Advertisement
Advertisement
आजै सप्तरीको छिन्नमस्ता, सप्तरीको चन्ही, सिराहाको भगवानपुर र सिराहाको सिराहामा भव्य कार्यक्रम सम्पन्न भएको छ । यस्तै आज धनुषाको जदुकाहामा कार्यक्रम सम्पन्न गरी जनकपुर बास बसिने छन् ।
Advertisement
आज मात्र सिरहासहित विभिन्न स्थानमा भएको कार्यक्रममा ६५० भन्दा बढी विभिन्न पार्टीबाट र स्वतन्त्र नागरिकहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यस्तै अघिल्ला २ दिनमा पनि ५०० भन्दा बढी पार्टी प्रवेश गरेका थिए ।
असोज १४ मा अध्यक्ष माधव नेपालले काँकडभिट्टाबाट शुभारम्भ गरेको अभियान अन्तरगत झापा, मोरङ ,सुनसरी ,सप्तरी र सिराहामा कार्यक्रम सम्पन्न भइसकेको छ । १५ दिने अभियान कञ्चनपुरमा पुगेर सम्पन्न हुने सो पार्टीले जनाएको छ ।