Monday, May 11

समाजवादी जागरण अभियान सर्लाहीमा उर्लियाे जनसागर

नेपालअखबार, सर्लाही। समाजवादी जागरण अभियानमा आज सर्लाहीको लालबन्दीमा सर्लाहीमा जनसागर उर्लिएकाे छ । विभिन्न जातजातिका बाजा गाजा र झाँकी सहित ३००० भन्दा बढीको संख्यामा उपस्थित भएको सभामा सम्पन्न भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले यहि असोज १४ गतेदेखि झापाबाट सुरु गरेको समाजवादी जागरण अभियान महोत्तरी आइपुगेको छ। नेकपा समाजवादी एकिकृत पार्टीका अध्यक्ष  माधवकुमार नेपालले अब पार्टीले आर्थिक क्रान्तिमा अघिबढ्ने प्रणका साथ समाजवादमा अघिबढेको बताएका छन् । त्यस्तै मटिहानीमा रहेको ऐतिहासिक संस्कृत महाविद्यालयले तत्कालिनसमयमा ज्ञान र चेतनाको विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको र आज पनि उक्त संस्थाको विकास आवश्यक रहेको अध्यक्ष नेपालकाे दाबी रहेकाे छ। अध्यक्ष नेपालले नेपालको उद्योग वाणिज्य क्षेत्र संकटग्रस्त अवस्थामा रहेको बताउँदै एकीकृत समाजवादी पार्टीले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् ।

Advertisement

अभियानमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, लगायत पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहेको छ। अभियानको चौथो दिन अभियानको स्वागतका निम्ति महोत्तरी उद्योग वाणिज्य संघ, मटिहानीले कार्यक्रम राखेको थियो।

पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालले २०३६ सालमा पञ्चायती व्यवस्थाका विरूद्धको संघर्षमा शहीद हुनु भएका इगल जर्गाको सालिकमा माल्यार्पण समेत गरेका  थिए। साथै शहीद जर्गाका  दाजुभाई भिम बहादुर जर्गा, लेखराम जर्गालाई दोसल्ला ओडाएर सम्मान गरेका छन् ।  २०१४ सालमा जन्मिनु भएका जर्गाको २२ वर्षको उमेरमा तत्कालिन राज्यले हत्या गरेको थियो।

 

12c8c8a4-929c-4c76-b980-2972dd99202d1696419859.jpg

9f7502e3-f921-4ee0-9f0d-e0b564b169971696419859.jpg

2222ae32-24db-4623-9c83-f4f7a47187961696419860.jpg

058bb3ed-5494-45d0-ba13-f0b5657d272f1696419860.jpg

ad93e49a-2e94-4095-83fc-3162c8d4710a1696419861.jpg

samjabadi abhiiyan 20801696419861.jpg

db541fd0-f10c-42b7-b3ad-b45f456c2a191696419861.jpg