Wednesday, July 29

हमासद्वारा इजरायलमाथि आक्रमण, कम्तीमा २३ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि शनिबार आक्रमण गरेको छ।

Advertisement

द न्युयोर्क टाइम्सका अनुसार हमासका बन्दुकधारीहरूले शनिबार अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्।

Advertisement
Advertisement

हमासले रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

Advertisement

आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ।

यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो।

अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग इजरायल युद्धमा रहेको बताएका छन्।

उनले हमासको आक्रमणको प्रतिकार गर्न मिलिटरी रिजर्भिस्टसलाई पनि बोलाएका छन्।

‘हाम्रा दुश्मनले कल्पना नै नगरेको मूल्य चुकाउनु पर्ने छ,’ नेतन्याहुले भनेका छन्, ‘हामी युद्धमा छौं र हामीले यो युद्ध जित्नेछौं।’

इजरायली सेनाले अहिले गाजामा हवाई कारबाही थालेको छ। हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए।

उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए।

‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन्।

इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको उनको दाबी छ। हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो। उक्त लडाइँ १० दिनसम्म चलेको थियो।