नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इजरायल आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएको तथा एक जना बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
Advertisement
सोमबार विज्ञप्ति जारी गर्दै खनालले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् ।
Advertisement
Advertisement
‘साथै, नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासलाई घटनाको यथाशीघ्र सत्यतथ्य जानकारी उपलब्ध गराउन पनि आग्रह गर्दछु’, खनालले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षाको निम्ति इजरायल सरकारसँग जोडदार माग गर्दै मृतकका शवलाई अविलम्ब नेपाल पठाउन, इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षा गर्न सबै प्रकारका कूटनीतिक पहलकदमी लिन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
Advertisement
इजरायल आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका छन् भने एकजना सम्पर्क विहीन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
