Monday, September 21

एमालेलगायत विभिन्न पार्टी परित्याग गरी १० हजार जना एकीकृत समाजवादीमा समाहित

नेपालअखबार, काठमाडौँ।  नेकपा (एमाले) लगायतका विभिन्न पार्टी परित्याग गरेर करिब १० हजार जना नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्।

Advertisement

यही असोज १४ गते झापाको काँकरभिट्टादेखि सुरु गरेको समाजवादी जागरण अभियान कर्णाली प्रदेशको सुर्खेत पुगेर समापन भएको दिनसम्म उक्त संख्यामा नेता तथा कार्यकर्ताहरूले समाजवादी पार्टी रोजेका हुन्।

Advertisement
Advertisement

सुर्खेतको पिपल चौतारामा आयोजित जागरण सभालाई सम्बोधन गर्दै पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अभियानका दौरानमा करिब १० हजार नेता कार्यकर्ताहरूले एमाले लगायतका राजनीतिक दल परित्याग गरेर एकीकृत समाजवादी पार्टीमा समाहित बनेको बताउनु भयो।

Advertisement