Thursday, July 30

मुस्लिम आयोगले बुझायो राष्ट्रपतिलाई प्रतिवेदन

नेपालअखबार, काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।

Advertisement

राष्ट्रपति भवन शितल निवास पुगेर सोमबार आयोग अध्यक्ष समिम मियाँ अन्सारीले प्रतिवेदन पेश गरेका हुन्।

Advertisement
Advertisement

राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

Advertisement

आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारेका थिए।

‘आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलाप समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास छ,’ उनले भने।

प्रतिवेदन बुझाउँदै आयोग अध्यक्ष अन्सारीले आयोगले गरेका काम कारबाहीबारेमा संक्षिप्त जानकारी गराएका थिए। मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको उनले बताए।