Friday, August 21

राष्ट्रसंघका महासचिवले भने– इजरायलमा हमासको हमला ‘अकारण’ थिएन

नेपालअखबार, न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनी गुटेरेसले मङ्गलबार इजरायल–हमास द्वन्द्वबारे कडा टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले अक्टोबर ७ मा हमासले गरेको हमला कुनै ‘वैक्यूममा’ अर्थात् ‘अचानक’ नभएको बताएका छन् ।

Advertisement

उनले भने, ‘प्यालेस्टिनी जनताले विगत ५६ वर्षदेखि दमनकारी कब्जाको उत्पीडन भोग्दै आएका छन्। तिनीहरूले आफ्नो भूमि बिस्तारै (इजरायली) बस्ती र हिंसाको चपेटामा परेको देखेका छन्। उनीहरुको अर्थतन्त्र ध्वस्त भयो । तिनीहरूका मानिसहरू विस्थापित भए र तिनीहरूका घरहरू ध्वस्त भए। उनीहरुको पीडाको राजनीतिक समाधानको आशा क्षीण हुँदै गयो ।’

Advertisement
Advertisement

तर उनले यो पनि भने कि ‘हमास’ को भयानक आक्रमण प्यालेस्टिनी जनताको गुनासोद्वारा जायज हुन सक्दैन, न त प्यालेस्टिनी जनताले पाएको सजाय द्वारा जायज हुन सक्छ।यस बयानपछि संयुक्त राष्ट्रका लागि इजरायली राजदूत गिलाड एर्डनले गुटेरेसको राजीनामा माग गरेका छन् ।

Advertisement

यो द्वन्द्वका क्रममा २४ घण्टाको अवधिमा मृत्यु हुनेको सबैभन्दा धेरै संख्या हो । योसँगै हालसम्म यस द्वन्द्वमा इजरायली बमबारीबाट गाजामा ज्यान गुमाउनेको संख्या ५७०० नाघेको छ । योसँगै इजरायलमा यो द्वन्द्वका कारण १४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।