समाचारसमाज

धान खेतमा भेटियो युवकको शव, हत्याको आशङ्का

नेपालअखबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थियो । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

शव पोस्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरिरहेको छ ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवकको हत्या भएको आशङ्का छ । घटनाको थप अनुसन्धान भइरहेको अवाले बताए ।

the authoradmin