Monday, July 6

कांग्रेसले ९८ सांसदको १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

नेपालअखबार, काठमाडाैं। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्पपीडितहरूलाई दिने भएको छ।

Advertisement

सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको संसदीय दल बैठकले संघीय सांसदहरूको आधा महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेको हो।

Advertisement
Advertisement

‘भूकम्पपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ,’ प्रमुख सचेतक रमेश लेखकले भने।

Advertisement

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना र राष्ट्रिय सभामा १० जना सांसद छन्। सांसदको तलब ५५ हजार दुई सय ३० रुपैयाँ छ। ९८ जना कांग्रेस सांसदको आधा महिनाको पारिश्रमिक २७ लाख रुपैयाँ हुन आउँछ। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले यसअघि ५० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरिसकेको थियो।