खेलकुदसमाचार

पोखरामा बिहीबार अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस

नेपालअखबार, पोखरा । पोखरामा यही बिहीबार अन्तर्राष्ट्रिय स्तरको माउन्टेन बाइक रेस प्रतियोगिता हुँदै छ । पोखरा १३ आर्वा विजय डाँडामा हुने एन्ड्युरो बाइक रेसमा ११ देशका ५५ खेलाडी सहभागी हुने पक्का भएको छ ।

माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।३ दिनसम्म हुने प्रतियोगितामा ८८ जनाले दर्ता गरेका थिए । तर प्रतियोगिताको मिति जुधेपछि केही खेलाडी अन्यत्र मोडिएका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए ।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।

इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दाबी छ । प्रतियोगिताका लागि सन् २०२० देखि तयारी गरिएको थियो । हालसम्म ५० लाख भन्दा बढी खर्च भैसकेको बताइएको छ । प्रतियोगिता अन्तर्गत मङ्सिर ७ र ८ गते अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिता हुने वडा नम्बर १३ का अध्यक्ष किरण बरालले जानकारी दिए ।

the authoradmin