Monday, June 1

सिंहदरबार भित्र खानेपानीकाे स्मार्ट धारा छ तर खानेपानी छैन ?

नेपालअखबार, काठमाडाैं ।  सिंहदरबारमा जनताकाे सुविधाकाे लागि बनाएका खानेपानीकाे स्मार्ट धारा मात्र छ खानेपानी छैन । पूर्वमन्त्री खानेपानीमन्त्री अब्दुल खानले सिंहदरबारमा जनताले खानेपानी सहज रूपमा पिउन पाउन भन्ने उदेश्यका साथ खानेपानीकाे धारा जडान गरेका थिए । पिउने पानीकाे धारा  प्रधानमन्त्री कार्यालय,गृह मन्त्रालय अगाडी,खानेपानी मन्त्रालय अगाडीरहेकाे छ ।

अहिले खाने पानीकाे स्मार्ट धारा त छ तर पिउने पानी भने छैन । आज पूर्व मन्त्री स्वम पानी पिउन पुग्दा करिब महिना दिन देखि नै पानी नआएका जान्कारी पाए । पूर्व मन्त्री खानले भने जनताकाे लागि सिंहदरबारमा सहजरूपमा पानी खुवान बनाएकाे धारामा पानी नै आउन राेकिदा खानेपानी मन्त्रालयले चासाे लिन पर्ने बताए । एउटा मन्त्रीले गरेकाे राम्राे कामलाई  अर्काे मन्त्रीकाे जिम्मेवारी बहन गर्न पर्ने बताए ।वर्तमान खानेपानी मन्त्रीले चासाे लिन पर्ने बताए ।  No description available.

Advertisement