Sunday, April 26

भक्तपुरकाे सडकबाटै भेलले बगाउँदा बेपत्ता ट्रक चालक ललितपुरमा मृत भेटिए

नेपाल अखबार,  काठमाडाैं  । भक्तपुरको सडकबाटै भेलले बगाउँदा बेपत्ता ट्रक चालक झन्डै २२ घण्टापछि आज (बिहीबार) दिउँसो मृत फेला परेका छन्।
ठूलो वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलले हिजो (बुधबार) दिउँसो पौने ४ बजे बगाउँदा बेपत्ता हटौंडा-९ का ५७ वर्षीय नरबहादुर राउत आज दिउँसो डेढ बजेतिर ललितपुरको वागमती गाउँपालिका वडा नम्बर १, भुखेलस्थित वागमती नदी किनारमा मृत फेला परेका हुन्।
‘स्थानीय शव देखेपछि ललितपुर प्रहरीलाई खबर गरेछन्,’ भक्तपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी दीपक गिरीले बिहीबार अपराह्न नेपालखबरसँग भने, ‘अहिले उनको शव पाटन अस्पतालमा राखिएको छ।’
डीएसपी गिरीका अनुसार झन्डै ३५ किलाेमिटर तल उनकाे शव फेला परेकाे हाे।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *