Monday, June 1

भौतिक मन्त्री ज्वालाद्वारा काठमाडौँका सडक मर्मतको अवस्था अवलोकन

नेपालअखबार, काठमाडाैं।  काठमाडौँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपत्कायका घनावस्ती क्षेत्रको सडकको अवलोकन गरेको छन्। शुक्रबार मन्त्री ज्वालासहित मन्त्रालयका उच्च अधिकारी, सडक विभागका महानिर्देशक सुनिलबाबु ढकाल, सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणदक्त भण्डारीको टोलीले उपत्यका सडकहरुको अनुगमन गरेका हुन्।
मन्त्री ज्वालाले गत असोज १७ गते आफ्नो क्षेत्राधिकारभित्र गर्ने उपत्यकाका सडकलाई खाल्डाखुल्डी मुक्त बनाउन निर्देशन दिएका थिए। निर्देशनपछि सुधारको अवस्थाबारे फिल्डमै पुगेको जानकारी लिएको मन्त्री ज्वालाले जानकारी दिए। उनले मर्मतका कार्य सन्तोषजनक रुपमा अघि बढेको आफूले पाएको बताए।
शुक्रबार मन्त्रीसहितको टोलीले महाराजगञ्ज बुढानीलकण्ड, बालाजु बाइपास, कलंकी महाराजगञ्ज सडकको अनुगमन गरेको छ। बालाजु बाइपासको अन्यत्र सडक राम्रो अवस्थामा भए पनि बाइपासको चोकमा किरब ४० मिटर सडक विवादका कारण पिच नहुँदा आफूहरु धुलोबाट आक्रान्त भएको स्थानीयले गुनासो गरे। उनीहरुले विवाद चाँडा भन्दा चाँडो समाधान गरेर सडकमा कालोपत्रे गर्न माग गरेका थिए। त्यस्तै मन्त्री ज्वालाले माछापोखरी मुड्खु, सामाखुशी ग्राण्डी अस्पताल सडक, गल्कोपाखा सामाखुशी सडकको सुधारको अवस्थाबारे पनि जानकारी लिएको छ। भौतिक मन्त्रालयले उपत्यकाका सडकलाई चुस्त राख्न मातहतका निकायलाई निरन्तर निर्देशन दिँदै आएको जनायो।
May be an image of 5 people and textMay be an image of 6 people and textMay be an image of 6 people and textMay be an image of 5 people