Saturday, May 23

अनेरास्ववियूद्वारा भूकम्पबाट प्रभावित विद्यार्थीहरूलाई राहत प्रदान

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

संगठनकी अध्यक्ष आरती लामाकाअनुसार सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको उपस्थितिमा अनेरास्ववियूले जाजरकोटका ७ विद्यालयका करिब १ हजार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

Advertisement

अध्यक्ष लामाले भन्नुभयो, ‘भूकम्पले भत्किएका विद्यालयका संरचना पन्छाउन र अस्थायी टहरा निर्माणका लागि हामी जाजरकोट पुगेका छौं। हामीले विद्यार्थीलाई न्यानो कपडा, झोला, कपी, कलम र पेन्सिललगायतका शैक्षिक सामग्री उपलब्ध गराएका छौं। अवस्था नाजुक छ। जाडो निक्कै बढिरहेको छ। यस्तो अवस्थालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ।’

अध्यक्ष लामाले भूकम्पमा अविभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिनु भएको छ।

अखिलले राजधानीमा देउसीभैलो खेलेर जुटेको रकमबाट भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो। अध्यक्ष लामा नेतृत्वको टोलीले केही दिनदेखि भत्किएका घरहरु पन्छाउने, नयाँ अस्थायी टहरा निर्माण गर्नेलगायतका काम गरिरहेको छ।

अनेरास्ववियूले नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला कमिटी र स्थानीय प्रशासनसँगको समन्वयमा भूकम्प प्रभावितलाई सहयोग अभियान अघि बढाइरहेको छ। शैक्षिक सामग्री वितरण कार्यक्रममा पार्टी अध्यक्ष नेपालसहित भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापालगायतका केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो।

madhav-nepal-1701155555.jpg

406275485_7113903865335463_2846896545987185381_n-1701155555.jpg

406136219_7113904172002099_7205504010016575076_n-1701155553.jpg

406266754_7113904025335447_9022304903197079752_n-1701155553.jpg

406209305_7113904432002073_2600589357666987672_n-1701155552.jpg

406224946_7113904638668719_9047843059173050810_n-1701155551.jpg

406149426_7113907088668474_8995680832365781944_n-1701155550.jpg

406240247_7113905365335313_9031713349988120797_n-1701155550.jpg