नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र अनेरास्ववियूले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा अहिले रूकुमपश्चिममा १८ वटा अस्थायी टहरा निर्माण भइ सकेका छन्। नेकपा एकीकृत समाजबादी पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिलन्यास गरेका थिए ।
युवा संघ नेपालका युवाहरू रात दिन नभनि भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण लागि परेकाे युवा संघका नेता दिपक जि एमले जानकारी दिएका छन् ।
गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर थापा, युवा संघका अध्यक्ष कृष्ण बिकलगायतका नेताहरू पुगेका थिए ।