Monday, April 20

मणिपालका कोरोना संक्रमित विरामी गण्डकी अस्पतालमा

नेपाल अखबार, पाेखरा। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना भेटिएपछि उनलाई गण्डकी कोभिड अस्पतालमा ल्याएको छ ।
दुर्घटनामा परी उपचारका लागि भर्ना गरिएका पर्वतका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई गण्डकी अस्पतालमा सारिएको हो । जेठ २२ गते मोटरसाइकल दुर्घटनामा परेका ती व्यक्तिलाई उपचारका लागि मणिपाल ल्याइएको थियो ।
उनको टाउकोको अप्रेसन गरीको थियो । २५ गते भएको स्वाब संकलनमा पोजेटिभ आएपछि उनलाई कोभिड अस्ततालमा सारिएको स्वास्थय निर्देशनालय गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्मा शर्माले जानकारी दिए ।
उनी मणिपाल शिक्षण अस्पतालको न्यूरो आईसीयुक बार्डमा भएको अन्य धेरै जना सगँ सम्र्पक नभएको उनले बताए । अस्पतालमा कार्यरत डाक्टर, नर्स र उनका कुरुवा सहितलाई क्वारेन्टिनमा बस्न भनेको बताए । गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसअनुसार स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ १ र नवलपुरमा ५ जनामा संक्रमण भेटिएका हुन् । गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या १ सय ९२ पुगेको छ । तीमध्ये १ जनाको मृत्यु र ११ जना निको भएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *