समाचारसमाज

 नेकपा एसका नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं।  क्षेत्रमा नेकपा एसले चाइना फाउन्डेसनद्वारा प्राप्त राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा  वितरण गरेकाे छ ।  यहि मंसिर -१७ गते अति प्रभाबित क्षेत्र भेनपा-१ को बिभिन्न स्थानमा ग्रामीण बिकासका लागि चाइना फाउन्डेसन बाट प्राप्त राहत सामाग्री बितरण गरेकाे छ । जनता प्रा बि भेनपा -१ पुरानरिसाङका ३५ जना बिध्यार्थी  साथै बिष्णु प्रा बि भेनपा -२ नेटाका १०० जना बिध्यार्थीलाई  शैक्षीक साम्रागि वितरण गरेकाे छ । ग्रामीण बिकासका लागि चाइना फाउन्डेसनबाट प्राप्त राहत सामाग्री १७३ घरपरिवार लाई बितरण नेकपा एसका जिल्ला अध्यक्ष कमान बहादुर खडकाकाे नेतृत्वमा वितरण गरिएकाे छ ।

नेकपा एस निकट अखिल नेपाल महिला संघद्वारा १०० जना सुत्केरीको आवश्यक सामाग्री वितरण गरिएकाे छ । नेकपा एसका नेतृत्वमा २८८ घरपरिवारलाई वितरण गरेकाे जिल्ला अध्यक्ष खडकाले जानकारी दिएका छन् ।
राहत सामाग्री वितरणका लागि चाइना फाउन्डेसनका प्रतिनिधि भेनपा -२ का वडा अध्यक्ष भिम बहादुर कार्कि, नेकपा(एस)जिल्ला कमिटी अध्यक्ष कमान बहादुर खडका प्रमुख  साथै स्थानीय बिपत ब्यवस्थापन समितिकाे उपस्थितिमा रहेकाे थियाे  ।

No description available.

No description available.

the authoradmin