नेपालअखबार, काठमाडौँ । प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच बालुवाटारमा भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।
एनसेलको शङ्कास्पद शेयर खरिद–बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबिच भेटवार्ता र छलफल भएको हो । नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण बारे कुराकानी भएको बुझिएको छ । तीन नेताबिच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।