Monday, May 25

काठमाडौं २ को निर्वाचन क्षेत्र रणनितिक सडकमा कालोपत्रे सम्पन्न

नेपालअखबार, काठमाडाैं। काठमाडौं निर्वाचन क्षेत्र नं २को रणनितिक सडक कार्यक्रममा समावेश भएको साँखु-बज्रयोगिनी-घुमारचोक-डाँडाकटेरी-चौकिभन्ज्याङ-धारापानी- पटाप-कुन्डेश्वर सडकको दोश्रो चरणको कालोपत्र सम्पन्न भएको छ।आर्थिक बर्ष २०७८/७९ मा करिव २० करोड बजेट बिनियोजन भई निर्माण कार्य अगाडि बढीरहेको यो सडकको अन्तिम बिन्दु पटापसम्म्को लम्बाई करिव २३ किलोमिटर रहेको छ।२ अर्ब भन्दा बढी लागत अनुमान गरिएको यो सडकमा पहिलो चरणमा २० करोड बजेटले ३.५ किलोमिटर साँखु बजारदेखी प्रसिद्ध धार्मिक स्थल बज्रयोगिनी सम्म कालोपत्रे भएको हो।पहिलो चरणमा डिबिएम कालोपत्र गरिएको यो सडकमा हाल आसफाल्ट गरिएको हो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष,पुर्व प्रधानमन्त्री एवम् यस क्षेत्रका तत्कालिन संघिय सांसद माधव कुमार नेपालले यो सडक निर्माणका लागि बजेट ब्यवस्थापन गर्नुभएको हो।यो सडकको पुरै खण्ड निर्माण सम्पन्न भएमा शंखरापुर नगरपालिकाका २,४,७ र ८, जोडिनेछन।साथै यस भेगकै इस्कुस खेतिका लागि प्रसिद्ध वडा नं ४को लप्से र ८को घुमारचोकका किसानलाई उत्पादित तरकारीलाई बजारसम्म पुर्याउन धेरै सहज हुने वडा नं ८ का अध्यक्ष पोते थिङ बताउनुहुन्छ।

Advertisement

२०७९ भदौ २६ गते पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुभएको यो सडक निर्माण कमलजित आर ए बिल्डर्सले गरेको हो।यससङ्गै पहिलो खण्डको सडक निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको र ट्राफिक संकेत र सडक रंगरोगन( ब्युटिफिकेशन)को काम बाँकी रहेको निर्माण व्यवसायी समशेर शाक्यले बताउनुभयो।