एक साताअघि पीसीआरका लागि स्वाब संकलन गरिएपनि उनीहरुको रिपोर्ट आएको छैन । रिपोर्ट नआएको र क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै उनीहरु क्वारेन्टिन छाडेर फरार भएको बताइएको छ ।
हालसम्म ३२ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको र क्वारेन्टिनमा राखिको इलका प्रहरी नायब उपरिक्षक गौतम थापाले जनाएका छन्। अन्यको खोजी भइरहेको उनले बताए।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश २ > ४६ जना वीरगंजकाे क्वारेन्टिनबाट फरार
इरफान अलि , वीरगंज । पर्सा जिल्लको सदरमुकामबाट करिब ४० किमि रहेको धोबनी गाउँपालिकाको क्वारेन्टिनबाट भारतबाट आएका ४६ जना फरार भएकाका छन् । २८ दिनदेखि क्वारेन्टिनमा बसिरहेकाहरु स्वाब परीक्षणको रिपोर्ट नआएको र व्यवस्थापन समेत दुरूस्त नगरिएको भन्दै उनिहरू क्वारेन्टिनबाट भागेका हुन् ।