राजनीतिसमाचार

एनसेल खरिद विक्री प्रकरणमा नाङ्गो भ्रष्टाचार भएको दाबी :अध्यक्ष नेपाल

नेपालअखबार, पाेखरा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एनसेल खरिद विक्री प्रकरणमा नाङ्गो भ्रष्टाचार भएको दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले एनसेल प्रकरणमा नाङ्गो डकैती भएको दाबी गर्नुभएको हो ।
“अहिले तपाँइहरुले देखिइरहनु भएको छ, सुन्दै हुनुहुन्छ एनसेल प्रकरण अहिले, यत्तिका चरम घोटालाका प्रकरणहरू सुनिरहनु भएको छ तपाँइहरुले, उहाँले भन्नुभयो, नाङ्गो भ्रष्टाचार डकैती भइरहेको देखिइरहनु भएको छ तपाँइहरुले, के माधव नेपाल जोडिएको छ, कसैको हिम्मत छ भन्नलाई ?” यस प्रकरणका विषयमा सत्य तथ्य छानबिन हुनुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा राजतन्त्र फर्कन्छ भन्नु दिवा स्वप्न बाहेक केही हुन नसक्ने उहाँले बताउनुभयो । इतिहासको कालखण्डमा विलीन भैसकेको व्यवस्थाका विषयमा मानिसहरूलाई उचालेर भ्रम सृजना गर्न खोजिएको भन्दै उहाँले जनताका बिचमा गएर देखाउन चेतावनी दिनुभयो । व्यवस्थामा माथि प्रश्न गरेर जनताको अभिमतलाई अवमूल्यन गर्नु बेइमानी बाहेक केही हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
ललिता निवास जग्गा प्रकरणमा आफूलाई दोषी प्रमाणित गर्न चुनौती दिनुभयो । आफूले राज्यलाई धोका हुने कुनै पनि प्रकारको कमजोरी नगरेको दाबी गर्नुभयो ।May be an image of 6 people, dais and text
the authoradmin