Wednesday, July 29

समाजवादी प्रेस संगठन, नेपाल सुदूरपश्चिमको अध्यक्षमा सिंह

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मत बहादुर सिंहलाई चयन गरिएको छ।

Advertisement

शनिबार सम्पन्न प्रदेशको प्रथम अधिवेशनले सिंहको नेतृत्वमा सम्र्वसम्मत १५ सदस्सीय प्रदेश कमिटी चयन गरेको हो। प्रेदश अधिवेशनले संगठनको उपाध्यक्षमा तपेन्द्र कुवर, शर्मिला रोकायलाई चयन गरेको हो।

Advertisement
Advertisement

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाको प्रमुख आतित्थ्यता एवं संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको विशिष्ट आतित्थ्यतामा सम्पन्न अधिवेशनले संगठनको महासचिवमा डिलबहादुर सिंह, सचिव सन्तोष प्रसाद जैशी, कोषाध्यक्ष समीक्षा जोशीलाई चयन गरेको छ।

Advertisement

संगठनका सदस्यहरूमा उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुसोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र विकलाई चयन गरेको छ।