समाचारस्वास्थ्य

क्वारेन्टिनमै जन्मियो शिशु

नेपाल अखबार, प्युठान । प्युठानकी एक गर्भवती क्वारेन्टिनमै सुत्केरी भएकी छन् । नौवहिनी गाउँपालिका– ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गएराति छोरालाई जन्म दिएकी हुन् ।
श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्दै आएकी सरस्वतीले गएराति १ बजे क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी परीक्षण गरिने जनाइएको छ ।

the authoradmin

Leave a Reply