समाचारस्वास्थ्य

नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ हजार ३३५ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।  संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन्

यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेको उनले बताए । यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय  बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको गौतमले बताए । उनमा केोरोना पुष्टि भएकाे छ ।
यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।   नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

the authoradmin

Leave a Reply