राजनीतिसमाचार

एकीकृत समाजवादीको बैठकमा विधान संशोधन मस्यौँदा पेश

नेपालअखबार, काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको हो ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।

सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

‘आजको सचिवालयको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भयो । प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम सुरु भएको छ त्यसैले बैठक भोलि पनि जारी रहन्छ’, श्रेष्ठको भनाइ छ ।

विधान संशोधन गर्न सो पार्टीले उपाध्यक्ष डा.बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहित तीन सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । सोही कमिटीले आजको बैठकमा मस्यौदा पेश गरेको हो ।

the authoradmin