Friday, July 10

मन्त्री ज्वाला नेतृत्वको टोली सिमकोट-हिल्सा करिडोरको अनुगमनमा

नेपालअखबार, काठमाडौँ। भौतिक, पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग पत्रकार साक्षात्कार कार्यक्रम राखिएको छ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) प्रचार विभाग कर्णाली प्रदेशले शुक्रबा दिउँसो ३ बजे पत्रकार साक्षात्कार कार्यक्रम राखिएको प्रमुख वशन्त कुमार विश्वकर्माले जानकारी दिनुभयो।

Advertisement
Advertisement

एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिवसमेत रहेका मन्त्री ज्वाला नेतृत्वको टिम सिमकोट-हिल्सा करिडोर अनुगमन गर्न त्यसतर्फ प्रस्थान गरेको छ। नेता विश्वकर्माकाअनुसार मन्त्री ज्वालाले सडकसँगै पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अनुगमनमा मन्त्री ज्वालासँगै नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य जीवनबहादुर शाही, नेपका एकीकृत समाजवादीका युवा नेता हस्त बहादुर शाहीलगायत हुनुहुन्छ।

Advertisement

पुस ६ गते दिउँसो ३ वजे सुर्खेत विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रम राखिएको छ। साथै उक्त कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि अनुरोधसमेत गरिएको छ।