राजनीतिसमाचार

नेकपा (एस) को केन्द्रीय कमिटी वैठक पुस ११ देखि १३ गते हुने

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७०औं केन्द्रीय सचिवालय वैठक सम्पन्न भएको छ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न वैठकले यहि पुस ११, १२ र १३ गते केन्द्रीय कमिटी वैठकको आह्वान गरेको छ।

पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार वैठकमा पार्टीको प्रस्तावित विधानका धारा उपधारामाथि छलफल भएको छ। साथै आह्वान गरिएको केन्द्रीय कमिटीको वैठकमा विधानसम्बन्धि थप छलफल हुनेछ।

वैठकपछि सञ्चारकर्मीसँगको कुराकानिमा उपमहासचिव खतिवडाले भन्नुभयो, ‘पुस ११, १२ र १३ गते आह्वान गरिएको केन्द्रीय कमिटीको वैठकमा विधानका बारेमा वृहत्त छलफल हुनेछ। त्यसपछि आगामी माघ १४ र १५ गते आह्वान गरिएको केन्द्रीय परिषदको वैठकमा प्रस्तुत हुनेछ। यसअघि पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको वैठकलाई केन्द्रीय कमिटी वैठकमा समायोजन गरिएको छ।’

उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘आज सम्पन्न वैठकले अर्को एउटा सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ। देश दिर्घरोगले आक्रान्त  छ। कलेजो, किड्नी ट्रान्सप्लान्ट जस्ता जटिल रोगछन्। यस्ता रोगहरूलाई दृष्टिगत गर्दै हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई अंगदान गर्न आह्वान गर्ने निर्णय गरेको छ। अब हामी ११, १२ र १३ गते तय गरिएको केन्द्रीय कमिटी वैठकको तयारीमा जुट्नेछौं।’

the authoradmin