नेपालअखबार, पाेखरा। पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो ।
बेनी नगरपालिका वडा नं. घतान नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिविरबाट वरपरका ६५० जना बढी लाभान्वित भएका छन् ।