राजनीतिविचारसाहित्य \कला

जनताको अवस्था परिवर्तनकाे आवाज हामी बुलन्द गरि रहने छौं

हस्त शाही
हस्त शाही। कुनै पनि राजनीति शक्ति आफुलाई सैद्धान्तिक एजेन्डामा कमजोर हुँदै गएकाे महसुस गर्छन। त्यस पछि भ्रम सिर्जना गर्न थाल्छन् ।
३० काे दशक देखि नेपाली राजनीतिले जनताकाे विचमा व्यापक भ्रमकाे सिर्जना गर्ने प्रवृत्ति ८० काे दशक सम्म हटेको छैन ।
तत्कालीन पञ्चहरुले कम्युनिस्ट सकिए भन्दै व्यापक प्रचार गर्थे त्यसै समयमा रसिया विघटन भयाे साम्राज्यवादीहरुले विश्वमा कम्युनिस्ट समाप्त भयाे भन्दै  कुर्लदै हिडेका थिए ।
नेपाली जनतालाई भम्रमा पार्न  तत्कालिन अवस्थामा पञ्चहरुले नेपाली समाजमा अव कम्युनिस्ट विचार केबल शब्दमा मात्रै कायम रहेकाे भन्दै गफ चुटेकाे यथार्थ हामी माझ  तजानै रहेकाे छ ।
जव समुदायहरूमा भम्रकाे खेति हुन्छ । पक्कै पनि त्याे भम्रकाे जालाे ताेड्न समय लागेता पनि एक दिन जनताले यथार्थ बुझेर आफै सबै भम्रका जालामाला ताेडिएकाे इतिहास हाम्रै माझ आज पनि ताजै छ ।
इतिहासकाे त्याे काल खण्डमा नेपालमा कम्युनिस्ट विचारकाे विउ अंकुरण मात्रै हुँदै थियाे । विश्वमा फैलिएकाे कम्युनिस्ट विचार विरूदमा घटेका घट्ना कम्रका फाइदा नेपालमा रहेका पञ्चहरुले पनि लिएका थिए । आैंलामा गन्न सकिने मिल्ने  नेपाली कम्युनिस्ट आन्दोलनमा  अग्रज लिडरहरु  रहेकाे अवस्था थियाे । तापनि  कम्युनिस्ट नेताहरूले रक्षात्मक भूमिका खेल्दै  हिम्मत हारेनन्  ।
निरन्तर वैचारीक वहस र संघर्षका साथ कम्युनिस्ट आन्दोलन संख्यात्मक हैन गुणात्मक ढंगले गतिविधि बढाउँदै अघि बढेका थिए । केहि वर्षकाे संघर्षमा नै नेपाली समाजमा नयाँ इतिहास लेखिएकाे थियाे ।  कम्युनिस्ट सकिए भन्ने पञ्चहरु २०४६ मा आफै सकिएकाे उनीहरूले पत्तै पाएनन् । तत्कालीन  अवस्थामा  पञ्हरुहरुले नारायणीहिटि दरबारलाई देखाएर घरफर्क अभियान चलाए जस्तै हिजो आजकाे राजनीति परिदृश्य यता कता यस्तै भ्रमित लहरमा छागिन खाेज्दै छ । केहि  तत्वले बैकुण्ठ बास भएका पृत्रिलाई घरमा बसालेर  जिवान चलाउन लगाउछु भन्नु र अब नेपालमा राजतन्त्र आउछ भन्नु  केबल दिवा सपना भए हाे ।
देशकाे संविधान मासनका लागि नै एकपक्षले व्यापकरुपमा कुप्रचारकाे खेललाई जनताकाे आवाज भन्दै चलखेल खेल्न खाेज्नेहरू आफै थाक्ने छन् । अब नेपाली जनता सचेत भइ सकेकाछन्  ।
हेक्का हाेस् विगतमा संबैधानिक राजतन्त्र विकल्प अरु हुन सक्दैन भन्नहरु गणतन्त्रलाई बलियाे बनाउछौ भन्नू हास्यास्पद हाे । गणतन्त्रको पक्षमा हिजो सानाे हिस्सा थियाे। अहिले बर्ग समानताको पक्षमा सानाे घेरा छ। भावि दिनमा विशाल बन्ने छ। चमेराे जस्तै रङ फेर्ने बानी नफेर्नेहरु यस्तै यस्तै भ्रम छरिरहने छन। जनताको अवस्था परिवर्तनकाे आवाज हामी बुलन्द गरिरहने छौ ।
the authoradmin