विश्वस्वास्थ्य

भारतमा पहिलो पटक देखिए एकैदिन १२ हजार बढी संक्रमित

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ । शनिबार एकैदिन यहाँ सबैभन्दा धेरै १२ हजार ३१ संक्रमित फेला परेका थिए । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् ।
यो आँकडा कोभिढ१९इन्डिया डट ओआरजी अनुसार हो । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्री तथा अधिकारीसँग समीक्षा बैठकको आयोजना गरेका छन् । यतिबेला महाराष्टङ र दिल्लीसमेत सबै राज्य–केन्द्र शासित प्रदेशको स्थितीबारे चर्चा भयो । मोदीले १६ र १७ जूनमा छैटौं पटक सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सिङ पनि गर्नेछन् ।
छलफलपछि प्रधानमन्त्रीले देशमा कोरोनाका दुई तिहाई संक्रमित पाँच जिल्लामा भएको बताए । उनका अनुसार ठूला शहरमा धेरै संक्रमण फैलिरहेको छ । यहाँ कोारेनासँग जुध्नका लागि परीक्षण, बेडको संख्या र अत्यावश्यक सेवा बढाउनेबारे चर्चा भयो । यसबाहेक प्रधानमन्त्रीले मनसुनको सिजनलाई मध्यनजर गर्दै अस्पतालमा बेड र कोरोना वार्डको आवश्यकताको विषयमा स्वास्थ्य मन्त्रालयलाई राज्यका साथै इमर्जेन्सी प्लानिङ गर्नका लागि आह्वान गरेका छन् ।

the authoradmin

Leave a Reply