Wednesday, October 29

कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसका कारण ज्यान गुमाउने आफन्तले चाहँदा चाहँदै पनि आफ्ना प्रियजनलाई अन्तिम विदाई दिन नसक्ने अवस्था छ । स्थिती यस्तो छ कि न त उनीहरुले आफन्तलाई अन्तिम दर्शन गर्न सक्छन् न राम्रोसँग अन्तिम संस्कार नै ।

Advertisement
कोरोनाका कारण संसारभरी ४ लाख ३२ हजार बढीले ज्यान गुमाइसकेका छन् । यसका कारण संसारभरी शव गाड्ने स्थानको कमी भइरहेको छ । ल्याटिन अमेरिकी देश ब्राजिलको स्थिती पनि त्यस्तै छ । यहाँको शहर साओ पाउलोमा तीन वर्ष पुरानो चिहान खनेर हड्डी निकालिनेछ र नयाँ शव गाडिनेछ ।

संसारभरीबाट लिइएका अन्तिम बिदाईका १० तस्बिर जसले बताउँछ कि आफन्त गुमाउनुको पीडा संसारभरी उस्तै छ ।
‘कोभिड–१९ चिहान’
सन् २०२० जून ७ मा खिचिएको यो तस्बिर त्रिनिदादको हो । यहाँ यस्तो चिहान पनि छ जहाँ कोभिड–१९ का कारण ज्यान गुमाएकाहरुलाई गाडिन्छ । यसलाई ‘कोभिड–१९ चिहान’ नाम दिइएको छ । आफन्तको बिदाईको अन्तिम समयमा पूरा परिवार समावेश हुन प्रतिबन्ध छ ।
यो सिँढी होइन, शव गाडिएको स्थान होः
झट्ट हेर्दा यो तस्बिर कुनै सिँढी नै सिँढी भएको स्मारक जस्तो देखिन्छ । तर यो शव गाडिएको स्थान हो । ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोमा कोरोनाका कारण ज्यान गुमाउनेहरुका लागि ३ हजार चिहान खनिएका छन् । यो तस्बिर ४ जून २०२० को हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ ।
साथ र सास दुबै छुटेः
यो फोटो लण्डनको हो । कोभिड–१९ संक्रमणका कारण मृत्यु भएपछि चिहानमा जानुअघि सास छ–छैन भनेर परीक्षण गर्दै कर्मचारी । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ हजार नाघेको छ । यहाँ संक्रमितको संख्या २ लाख ९४ हजार पार भइसकेको छ ।
अन्तिम बिदाईः
पेरुमा शहरी क्षेत्रभन्दा टाढा पहाडी क्षेत्रलाई शव गाड्नका लागि प्रयोग गरिएको छ । यहाँका एक निवास फ्लेविया जुआरेजको ५० वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भयो । यहाँ बियरको बोतलसहित मृतकलाई अन्तिम बिदाई गर्ने चलन छ ।
पिताको साथ छुट्योः
ब्राजिलको मनौसमा आदिवासी समुदायका नेता मेसायस कोकामको १४ मेमा कोभिड–१९ का कारण मृत्यु भयो । अन्तिम विदाईका बेला छोरा मिक्वायस मोमेरा कोकामा । अप्रिलको अन्त्यमा कोरोनाभाइरस शहरी क्षेत्रबाट आदिवासी क्षेत्रमा पुग्न सुरु भएको थियो ।
टाढा–टाढासम्म चिहान नै चिहानः
१० जूनमा खिचिएको यो तस्बिर मेक्सिकोको हो । यहाँको एक चिहानमा  कोभिड–१९ का कारण मृत्यु भएकाहरुलाई मात्रै गाडिएको छ । स्थानको कमीका कारण यहाँ निकै नजिक शव गाडिएका छन् । यहाँ केही मजदुर दिनभरी चिहान खन्ने काममा व्यस्त छन् ।
बुवाको क्याप नै अब आशिर्वादः
यी हुन् गेविन रोबर्टस् जो आफ्नो पिताको अन्तिम संस्कारमा बसेका छन् । उनका पिता न्यूजर्सीको ग्लेन रिडमा प्रहरी अधिकारी थिए । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । अन्तिम विदाईको क्रममा बुवाको शव नियाल्दै गेविनले उनको क्याप लगाएका छन् ।
समुहिक अन्त्येष्टि:
यो फोटो न्यूयोर्कको हार्ट आइल्याण्डको हो जहाँ थुप्रै शवलाई भिन्न–भिन्न नगाडिकन सामूहिक रुपमा गाडिएको थियो । अप्रिल र मेमा कोरोनाका कारण मृतकको संख्या बढेपछि यस्तो गरिएको थियो । फोटो ९ अप्रिलमा खिचिएको थियो ।
मृतकलाई पनि शान्ति छैनः
मेक्सिकोमा पनि गाड्नका लागि स्थानको कमी छ । तसर्थ पुराना चिहानलाई पुनः खनेर अर्को शवलाई गाडिएको छ ।
अन्तिम यात्रामा निस्किएका बुवालाई छुन समेत पाउँदैनन्ः
यो फोटो दिल्लीको हो । जसमा एक छोराले आफ्ना पितालाई गाड्न लैजादैछन् । पिताको कोभिड–१९ का कारण मृत्य भएको छ । नियमका अनुसार शवलाई अँगालो हालेर रुनु त परको कुरा छुन समेत पाइँदैन । पार्थिव शरीरलाई गाड्न र दुरी कायम राख्नका लागि डोरीको प्रयोग गरिँदैछ ।
स्रोतः दैनिक भास्कर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *